डोल्पामा पहिरोका कारण सदरमुकाम आवागमन ठप्प

Posted on: 08 Jun, 2018

जेठ २५ दुनै | डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ । 

लगातारको वर्षातपछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो । सदरमुकाम दुनै पुग्ने मूलबाटो पहिरोले पुरिँदा मुस्किलले मात्रै सदरमुकाम दुनै आउनेजाने स्थिति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सेना र प्रहरी मिलेर पनि पहिरो पन्छाउन सक्ने स्थिति नरहेकाले डोजर प्रयोग गरी पहिरो हटाउन जनप्रतिनिधिसंग आग्रह गरिएको बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!