‘गुल्मीमा जहाज आउँदै छ होईन, आई सक्यो...’

Posted on: 08 Jun, 2018

प्रेम सुनार | जेठ २५, गुल्मी | गुल्मीको रेसुङ्गा विमान स्थलमा आज पहिलो पटक जहाज अवतरण भएको छ ।  १८ सिट क्षमताको तारा एअरको जहाज परिक्षण उडान स्वरुप आज दिउँसो  ३ वजेर ५५ मिनेट जाँदा अवतरण भएको हो । विहान देखि जहाँज आउँदै छ भन्दै कुर्दै बसेकाहरु जहाँज आउन साथ चिच्चाएर हुटिङ्ग गरेर भन्दै थिए– जाहज आउँदै छ हैन, आई सक्यो....’  त्यस पछि थप हाँसो र हुटिङ्ग चर्किएको थियो ।

रेसुङ्गा विमान स्थलको जहाज उडानको शुभारम्भ नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भव्य समारोका विच गरेका हुन । संयोज उनि २०६३ साल असार २५ गतेका दिन ज्ञवाली संस्कृति पर्यटन तथा नागरिक उड्नमन्त्री छँदा शिलान्यास पनि आफैले गरेका थिए । उति वेला मन्त्री भएको एक महिना मै  गुल्मीमा विमान स्थलको योजना पारेका मन्त्री ज्ञवालीले अहिले विमान स्थलको परिक्षण उडान पनि यसपाली  मन्त्राय सम्हालेको छोटो समय मै गराउन सफल भएका छन् ।


समारोहलाई सम्वोधन गर्दै मन्त्री ज्ञवालीले आजको दिन आफ्नो मात्रै नभएर सवै गुल्मेली र यसआसपासका जिल्लावासीको खुशीको नि भएको भन्दै बधाई दिएका थिए । आफु मन्त्री भएर होचुवाको भरमा रेसुङ्गा विमान स्थल  आफुले प्रशस्त अध्यान गरी धार्मिक तथा अन्य पर्यटकहरुको प्रशस्त सम्भावना देखेर योजना पारेको बताएका थिए ।

साथै मन्त्री ज्ञवालीले कालिगण्डकी कोरिडोर चिन हुँदै भारत आवत जावत गुल्मीबाटै हुने र हालै सरकारले मदन भण्डारी लोक मार्ग पनि गुल्मी हुँदै पुर्व पश्चिम आवत जावन हुने भएकोले अव गुल्मीले विकासको बेग्लै गति लिने दावी गरे ।

परिक्षण उडान अघि नै हेलिक्पटमा सोही विमान स्थालमा ओलेका मन्त्री ज्ञवाली शुभारम्भ समारोहलाई सम्वोधन गरी दिउँसै फकेका थिए । भोली आफु एशिया स्तरको थिङ्ग ट्याङकरहरुको सम्मेलनमा भाग लिन एन्डोनिशया जानु पर्ने र आजै केहि मुलुकका राजदुत संग भेटघाट गर्नु पर्ने भएको जनाउँदै अवेर सम्म पर्खिदा पनि मौसम सफा नभएका कारण उनि परिक्षण उडान नह’ँदै फर्किएका हुन ।

देशभर ५२ औं विमान स्थलका रुपमा रेसुङ्गा विमान स्थल बनेको र सवै भन्दा छोटो समयमै परिक्षण उडान भएको सोही विमान स्थल भएको नेपाल नागरिक उड्यन प्रधिकरणका महाप्रवन्धक समिर  गौतमले बताए ।


उनले  जति सक्दो छिटो ग्रावेलिङ्ग टावर लगायका वाँकी काम सकेर नियमित उडानको ब्यवस्था गरिने  प्रतिवद्धत्ता समेत जनाएका छन् । गुल्मी मै घर भएका शसस्त्र प्रहरीका महानिरक्षक शैलेन्द्र  खनालले आफु अत्यन्तै हर्षित भएको बताएका थिए ।

त्यस्तै चन्द्रगिरी केवलकार संञ्चालक चन्द्र ढकालले रेसुङ्गा विमानस्थल  संगै गुल्मीको सदरमुकाम तम्घासबाट माथी प्रशिद्ध तपोमुमी रेसुङ्गा धार्मिक क्षेत्रमा केवुलकार सञ्चालन गर्न मन्त्री ज्ञवालीको आग्रहमा आफु गुल्मी आएको र अव छिट्टै सम्भाव्यता अध्यान हुने जानकारी दिए ।

उनले केवुलकार सञ्चालनका लागि जमिन प्रशस्त चाहिने र त्यसमा स्थानियको सहयोग सम्वन्व्यको जरुरी हुने भएकोले त्यसमा रेसुङ्गा नगरपालिकाले पहल गर्न आग्रह गरेका छन् ।

रेसुङ्गा विमान स्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष मधुकृष्ण पन्तले हाल सम्म १४ करोड १७ लाख ८० हजार रुपैयाँको खर्च विवरण पेश गरेका थिए ।  विमान स्थल निर्माण कार्य यहाँ सम्म ल्याउन परिकल्पनाकार मन्त्री ज्ञवाली सहित सवै पक्षलाई धन्यवाद दिएका थिए ।  विमान स्थल सहयाक आयोजना प्रमुख दिनेश नेपालीका अनुसार हाल परिक्षण उडानका लागि ३० प्रतिशत अस्थाई सर्भिसको काम मात्रै भएको बताए ।


उनले भने–‘ नियमित उडानका लागि सवै भन्दा पहिला ग्रावेलिङ्ग हुनु पर्ने । त्यस पछि कन्ट्रोल टावर र ट्रमिनल भवन लगायतका आवश्यक संरचना बन्नका लागि अझै ४५ करोड जति खर्च आवश्यक छ । उनले थपे समस्या भनेको वजेट कै हो, सरकारले जति सक्टो छिटो दिन्छ उति छिटो काम सकिने छ ।

पोखराबाट जहाज लिएर आएका क्याप्टेनहरु सन्तोश शाह , प्रभाकरण शाह लगायतको टोलीलाई विमान स्थल उपभोक्ता समितिले स्वागत सम्मान गरेका थिए । उनिहरुले त्यहाँबाट २० मिनेटमा आई पुगेको बताए । कच्ची विमान स्थल भए पनि पानी आएको समय बाहेक नियमति उडान गर्न सकिने बताए । काठमाणडौ पुग्न यातायातमा १२ घण्टा समय लाग्ने गुल्मेलीहरुले अव जम्मा ४५ मिनेटमा काठमाण्डौ पुग्ने छन ।

यस विमान स्थलमा नियमित सेवा सुरु भए पछि छिमेकी जिल्ला अर्घाखाँची , प्युठान , पाल्पा, वाग्लुङ्ग, पर्वत सम्मका जनताहरु लाभान्वित हुने छन् । २०३६ साल देखि त्यहाँ विमान स्थलको चर्चा चलाईए पनि  कसैले अगाडी बढाउन सकेका थिएनन । २०७० सालमा कांग्रेस नेता चन्द्र भण्डारी जिते पनि त्यहाँ उनले एक पैसा रकम नहाले पछि अलपत्र परेको थियो ।


यस्तो छ विभिन्न मानिसको प्रतिकृया

जिल्ला समन्व्य समितिका  प्रमुख लक्ष्मण पराजुलीले आजको दिन आफ्नो राजनैतिक जिवनमा सवै भन्दा ठुलो खुशीको दिन भएको प्रतिकृया दिए । प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले गौरमय दिन भएको बताए ।  सवै राजनैतिक दलको तर्फबाट नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले मन्तव्य राखेका थिए ।

निर्मँण समितिका पुर्व अध्यक्ष पदम अर्यालले २०७० मा निर्वाचित मानियहरुले एक पैसा यसमा नछुट्टाई दिदा अलपत्र परेको र अहिलेको सांसद , मन्त्रीहरुले वजेट पारी दिए पछि यहाँ सम्म आउन सफल भईएको बताए । हर्षित हुँदै पुगेकी सिमिचौरकी ७४ वर्षिया बृद्धा भुमिकला पाण्डेले आफु जाहजमा चढेर छोरालाई भेटन काठमाण्डौ जाने ईच्छा जाहेर गरेर विहानै उठेर हेर्न आएको बताईन ।

गाउँमा जहाज आउने खुशीयालमा स्थानियले नाच खान गरेका थिए । समितिका अध्यक्ष पन्थको सभापतित्वमा सम्पन्न कायक्रमा  उपाध्यक्ष श्रीप्रसाद भलामीको  स्वागत मन्तव्य र सचिव अशोक थापा–(मुक्ति ) सञ्चालन रहेको थियो । ढिलो भएको भन्दै केहि दिन अघि सम्म मन्त्री ज्ञवालीको ब्याङ्ग गर्दै विपक्षीहरुले आकासमा उडेको चिलको फोटो खिचेर फेशबुकमा पोष्ट गर्ने गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!