विद्यार्थी कुट्ने वामी टक्सारको वोर्डिङ्ग भन्छ–‘ न्युज नबनाई दिनुस’

Posted on: 09 Jun, 2018

प्रेम सुनार | जेठ २६, गुल्मी | शिक्षले विद्यार्थी कुटेर कानको जाली फुटेको एक हप्ता पुग्न लागी सक्यो । स्थानिय मेडिकल देखि भत्तपुर सम्म पुगेर उपचार गरिएको छ । तर पनि गुपचाप राखिदै आएको छ । अहिले सम्म न्याय नपाए पछि परिवारजनले हामी संग गुहार मागे । स्वास्थ्य सेवा दिने  स्थानिय अस्पतालले समेत केहि भएको छैन भनेर ढाँट्यो । 

वामीटक्सार प्रहरी चौकीमा उसै दिन उजुरी दिदा समेत वेवास्ता गरिदै आएको छ । यस सम्वन्धमा मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थान नजिकै  वामीटक्सार वजारस्थित  गोल्डेन फ्युचर एकेडमी वोर्डिङ्ग स्कुलका प्रिन्सिपल संग बुझ्दा हामी बैठक वस्दैछौ न्युज चाँही बनाई दिनुस् भनेर भन्छन् ।

प्रिन्सिपल रामु तिवारीले गत आईतवार त्यहाँका शिक्षक सुदन भट्टराईले कक्षा ५ का विद्याथी प्रशान्त सापकोटालाई एक थप्पड गालामा हानेको स्वीकार गर्छन । उनले भने–‘ म यहाँ थिईन । विद्यालयको कामले बुटवल गएको थिएँ । बुधवार मात्रै फर्केको हुँ । मैले प्रत्यक्ष नदेखे पनि सुदन सरले आईतवारको दिन प्रशान्तको गालामा एक थप्पड हानेको बुझे ।

तत्काल उनलाई वामीटक्सारको लोहनी मेडिकलमा लगियो । त्यस पछि उनलाई होस्टेलमा ल्याएर सुताईयो । पछि अभिभावकले वामीमा रहेको प्रभास अस्पतालमो चेक गराईयो । पछि अभिभावकहरुले काठमाण्डौंमा लगेर उपचार गरेर फर्किनु भएको छ आज छलफल हुँदैछ ।’


माथिको तश्विरमा: वालक प्रशान्त र भक्तुरको अस्पतालको प्रमाण

प्रशान्तका अभिभावकहरु संग बुझ्दा आफुहरुको कुरा सुन्ने कोही नभएको भन्दै  सञ्चारकर्मीलाइ आई दिन आग्रह गरे । प्रशान्तका पिता मुक्तिराम सापकोटा जापनमा कार्यरत भएकोले उनका भाई विष्णुप्रसाद सापकोटा भतिजा कुटिएको खवर पाउन साथ भारतबाट फर्किएका छन् ।

सापकोटा भन्छन–‘भतिजो कुटिएको खवर पाउन साथ भारतबाट आएर काठमाण्डौं उपचार गर्न लगेको हुँ । वामीटक्सको प्रभास अस्पतालले केहि भएको छैन भनेर ढाँट्यो । त्यस पछि हामीले भत्तपुर ठिमीमा रहेको विपी आई फाउण्डेशनमा लगेर जचाउँदा वावुको कानको जाली नै फुटेको पाईयो । ’

उनले थपे–‘पहिला वावुले कान सुन्दैन्थ्यो र अप्रेशन गरेका थियौं । यसलाई कुट्न थालेको यो तेश्रो पटक हो । हामीले कान अप्रेशन गरेका छौं वावुलाई नकुट्नु हाला भन्दा भन्दै पनि फेरी कुटियो र अहिले सम्म गुपचाप राखेर अन्यायमा पार्दै आईएको छ । ’

११ वर्षिय वालक प्रशान्तकी आमा कृष्ण सापकोटाले भनिन–‘ त्यस दिन विहानको ट्युशन पढ्न जाँदा सुदन सरबाट वावु कुटिएको रहेछ ।  स्कुल र हाम्रो घर दुई मिनेट पनि नलाग्ने नजिकै छ । मलाई खवर गर्नुको साटो वावुलाई ओगेन्द्र लोहनी डाक्टर सावको मेडिकलमा लगेर जँचाए पछि होस्टेलमा लगेर सुताई छ ।

पछि प्रभास अस्पतालमा लैजाँदा केहि भएको छैन भनेर ढाँटियो । आखिर भक्तपुर पुराए पछि कानको जाली फुटेको थाह भयो । उहाँहरुले वावु कुटिएको कुरा दवाउन खोज्नु भएको रहेछ । ’

वालक प्रशान्त संग बुझ्दा सरले प्रश्न सोध्धा उत्तर दिन नसकेपछि बेस्सरी गालामा एक थप्पड हानेको बताए । उनको कान अहिले सम्म दुख्दै छ । उनका काका सापकोटाले भने–‘ खै सर बैठकमा गए पनि हाम्रो कुरा कसले पो सुन्ला र ? जनप्रतिनिधीहरु समेत त्यस वोर्डिङ्गका शेयर होल्डर रहेका छन् । ’

 प्राप्त जानकारी अनुसार त्यहाँका जनप्रतिनिधीहरु देखि त्यहाँका प्रतिष्ठीत व्यक्तिहरु त्यस वोर्डिङ्ग स्कुलमा शेयरधनी रहेका छन् । यस सम्वन्धमा मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटा संग बुझ्दा आफुलाई केहि जानकारी नदिईएको बताए ।

उनले भने यसवारे आफुलाई केहि जानकारी छैन अव म तत्काल बुझ्ने छु । केहि दिन अघि तम्घासको  रेसुङ्गा माविमा एक जना विद्यार्थी वालक कुटिदा पनि विद्यार्थीले दिनैभर जसो अभिभावकलाई जानकारी नदिई गुपचाप राखेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!