एसईई दिएकी किशोरीको सर्पको टोकाईबाट मृत्यु

Posted on: 10 Jun, 2018

कमल रावल | जेठ २७, अछाम | सर्पको टोकाईबाट अछाम जिल्लामा एक किशोरीको ज्यान गएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ जुय टोलकी १६ बर्षीय पार्वति बुढाको ज्यान गएको हो । 

शनिवार राती घरबाट करिब २ घण्टा टाढा गोठछानामा भाईसंगै सुतेकी बुढालाई सर्पले डसेको थियो । दायाँ हातमा सर्पले टोकेको र कुनै किराले टोक्यो होला भन्ने आशंका गरेर बस्दा उनको शनिवार राती नै मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी रुकेश तण्डुकारले बताउनु भयो । समयमै उपचार हुन नसक्दा किशोरीको ज्यान गएको गाउँपालिकाकी उपाध्यक्ष अमृता बुढाको भनाई छ । 

मृतक बुढाले स्थानीय विश्वज्योति माविबाट एसईई परिक्षा दिएकी थिईन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!