महोत्तरीबाट बालिका र किशोरी बलात्कार गर्ने २ जना पक्राउ

Posted on: 11 Jun, 2018

जेठ २८, गौशाला (रासस) | महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा बालिका र किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार जलेश्वर नगरपालिका–६ धबौलीस्थित आँप बगैँचामा खेलिरहेकी एक छ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १७ वर्षीय मो हसमत अंसारीलाई पक्राउ गरिएको हो । 

त्यस्तै औरही नगरपालिका–६ की एक १७ वर्षीया किशोरीलाई सोही स्थानको उखुबारीमा लगी बलात्कार गरेको आरोपमा स्थानीय ७० वर्षीय कालीचरण चौधरीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । 

पक्राउ परेका दुवैजनालाई प्रहरीले जबर्जस्ती करणी मुद्दा दायर गरी घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!