मकवानपुरमा तास खेलिरहेको अवस्थामा नगद २० हजारसहित ५ जना पक्राउ

Posted on: 13 Jun, 2018

जेठ ३०, मकवानपुर | जिल्ला प्रहरी कार्यालय मकवानपुरले तास खेलिरहेको अवस्थामा  नगद २० हजार सहित ५ जना जुवाडे र फरार प्रतिवादीलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा २ वनसखनडीबाट तास खेलिरहेको अवस्थामा  हेटौंडा २ का समिर राजथला,बिष्णु प्रधान,बिनय लामिछाने,केदारमान घलान र चन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो  ।  प्रहरीले उनीहरुको साथबाट २० हजार ४ सय २६ रुपैया र केही थान तास समेत  बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीलिपराज झाले जानकारी दिए।उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी  वडा प्रहरी कार्यालय हेटौडा बाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटि गएको प्रहरी टोलीले  जिल्ला अदालत मकवानपुरले २०७३ साल असार  ३ गते सात हजार रुपैयाँ जरिवाना तोकी कर्तब्त ज्यान मुद्दामा  फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले  हेटौंडा ९  घर भएका दीपराज कँडेलाई  पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!