मुगुमा यसरी गरियो बिकासका लागी रेडियो (फोटोफिचर )

Posted on: 13 Jun, 2018

जेठ ३०, मुगु | मुगु जिल्लाको विकास चुस्त दुरुस्त बनाउन टेवा पुगोस भन्ने उदेश्यका साथ खुल्ला रेडियो बहस मंगलबार मुगु जिल्लाको सदुमुकाम गमगढीमा सम्मन्न भएको छ । 

नेपाल सरकार, एन्टेना फाउन्डेशन नेपाल यूकेएड र ग्रामिण पहुँच कार्यक्रम तेस्रो चरणको समन्वय तथा सामुदायिक  रेडियो मुगु १०७.४ मेगाहर्जको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। खुल्ला रेडियो बहसमा कार्यक्रममा स्थानीय सरकारको सहभागीतको बिषय छलफल गरिनुका साथै आर्थिक बर्ष २०७४ र ०७५ मा पारित योजनको अवस्थाका बारेमा छलफल गरी बहस मार्फत जानकारी गराईएको थियो । 


कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालीकाका मेयर हरिजङ्ग शाहिले  मुगुको दिगो विकास र समृद्धिका लागी बिकास निमार्ण, पर्यटन प्रवर्दनसहित सडक, खानोपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, विजुली र आधुनिक कृषि खेती लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर नगरपालीका अघि बढिरहेको बताए । उनिका अनुसार प्रत्येक वडा वडामा सडक बाटो, सबै बस्तीमा स्वच्छ खानेपानी, युवा स्वरोजगार, सर्वसुलभ र समान शिक्षा, कृषिमा आधुनिकरण र घरघरमा करेसा बारीको लक्ष्य सहीत नगरपालीकाले काम गरीरहको जानकारी दिनुभयो । यता सोरु गाउँपालीकाकी उपाअध्यक्ष राज्य लक्ष्मी मल्ल बंमले सोरु गाउँपालीकामा महिला पुरुषमा समान सहभागिता र महिलाको आयआर्जन र आत्मनिर्भरका कार्यक्रमलाई अघि सारेर काम गरिरहेको बताउनु भयो । सोरु गाउँपालीकामा भौगौलिक विकट्तासंगै दरबन्दी अनुपातमा कर्मचारी व्यवस्थापन नहुँदा भने काम गर्नमा केहि बाधा भएको उहाँको भनाई छ । बहस कार्यक्रमा खत्याड गाउँपालीकाका उपाध्यक्ष जया नन्दी रावल मुगुम कामरोगं गाउँपालीकाआ नासु टेक बहादुर शाहि र छायानाथ रारा नगरपालीका वडा नं २ का वडा अध्यक्ष परेक लाल चौलागाइले  स्थानीय सरकारको निति अनुसार काम भईरहेको बताएका थिय । बहसको सहजिकरण रेडियो मुगुका समाचार प्रमुख नन्द बहादुर रोकायाले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!