मोरङको कार्टुन उद्योगमा आगलागी

Posted on: 14 Jun, 2018

जेठ ३१, विराटनगर | मोरङको बूढीगंगास्थित अरिहन्त कार्टुन उद्योगमा गएरातिदेखि शुरु भएको आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन । 

उक्त आगलागीलाई नियन्त्रण गर्न मोरङलगायत विभिन्न ठाउँका एक दर्जन दमकलका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रियरुपमा खटिरहेका छन् । 

आगलागी नियन्त्रणमा आउन अझै केही समय लाग्ने जानकारी गराउँदै प्रहरी उपरीक्षक मनोजकुमार केसीले कुनै मानवीय क्षति नभएको र आगलागीको कारण खुल्न नसकेको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!