मोरङमा बसको छतबाट खसेर एकको मृत्यु

Posted on: 14 Jun, 2018

जेठ ३१, विराटनगर | विराटनगर–८ स्थित हाटखोला बसपार्कमा पार्किङ गरी राखिएको बसको छतबाट खसेर आज बिहान एक सहचालकको मृत्यु भएको छ । 

मोरङको ग्रामथान–७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको हाटखोलास्थित वडा प्रहरी कार्यालयले जनाएको छ । 

को१ख २१०३ नंको बसको छतमा बुधबार राति सुतेका उनी अचानक छतबाट लडेर गम्भीर घाइते भएका थिए । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएपछि उनको उपचारका क्रममा मृत्यु भएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!