हुम्लामा एक भारतीयको मृत्यु

Posted on: 18 Jun, 2018

असार ४, हुम्ला | कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा आज एक भारतीयको मृत्यु भएको छ । 

भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो । 

लेक लागेर बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा उहाँको बाटोमै मृत्यु भएको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!