सर्लाहीमा कार्यरत प्रशासकीय अधिकृतविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर

Posted on: 25 Jun, 2018

असार ११, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कार्यरत प्रशासकीय अधिकृत सुरेशप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

रु पच्चीस हजार घुस लिएको अभियोगमा आयोगले उहाँ विरुद्ध मुद्दा दायर गरेको हो । 

प्रशासकीय अधिकृत दासमाथि गुणस्तरसम्बन्धी दश वर्ष पहिलेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसंग घुस मागेको अभियोग लागेको छ । उहाँ विरुद्ध आयोगले जरिवाना र कैद सजायको माग दाबी गरेको छ । 

यसैगरी आयोगले आजै ललितपुर महानगरपालिकामा कार्यरत खरिदार राजेन्द्र नेम्कूल विरुद्ध पनि रु ७० हजार घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

नियममानुसार लाग्ने घर कर मिलाइदिने भन्दै सेवाग्रहीसँग घुस मागेको अभियोग खरिदार नेम्कूलमाथि लागेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!