गुल्मीमा युरिया मलको भाउ घट्यो

Posted on: 27 Jun, 2018

प्रेम सुनार/असार–१३ गुल्मी। गुल्मीमा गाउँमा भन्दा सदरमुकाममा युरिया मल महँगो भएको पाइएपछि केहि दिन अघि यस साझा सबाल मिडियामा ‘ युरिया मलः कालो वजारी कि मनपरी ? ’ शिर्षकमा समाचार प्रकाशित भए लगत्तै सदरमुकामा युरिया मलको भाउ घटाईएको छ ।

सदरमुकाम तम्घासबाट १० किलो मिटर दुरीमा पर्ने हस्तीचौर स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्थाले प्रति किलो २० रुपैयाँका दरले युरिया मल विक्री गरेको छ  । तर यता सदरमुकाममा रहेको अमरकल्याण महिला विकास बहुद्देश्यीय सहकारी संस्थाको सुपथ पसलमा भने प्रति किलो २१ का दरले बेचिदै आएको थियो ।

उक्त समाचार आए लगत्तै आफुले सदरमुकाम तम्घासको उक्त सहकारी सुपथ पसललाई प्रति किलोमा १ रुपैयाँ घटाउन लगाई २० रुपैया किलो बनाईएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले जानकारी दिए ।

मल विक्रि वितरणमा देखिएको छ नि ? भन्ने प्रश्नमा उनले अन्यत्र पनि सहुलियत दर निर्धारणका लागि आफुले सवैलाई भनि सकेको बताए । अमर कल्याण सहकारी संस्थाकी प्रवन्धक अञ्जु पन्थीले  उक्त समाचार आएपछि नैतिक संकट जस्तो देखिएर आफुहरुले घटाएको बताईन । उनका अनुसार गत एक हप्ताको दौरानमा १२ टन युरिया मल विक्रि भई रहेको छ ।

पन्थीले आफुहरुको सहकारीबाट डिपीए मल ५१ रुपैयाँ किलो , पोटाँस ३६ रुपैयाँ र जैविक मल १७ रुपैयाँ किलो विक्रि वितरण गरेको जानकारी दिईन । उक्त समाचार आए लगत्तै ग्रामिण भेग सम्म युरिया मलको भाउ घटाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!