मुगुमा विद्यालय पोषण बगैंचा कार्यक्रम प्रभावकारी बन्दै

Posted on: 27 Jun, 2018

नन्द बहादुर रोकाया/असार १३, मुगु | मुगुमा विद्यालय पोषण बगैंचा कार्यक्रम प्रभाबकारी बन्दै गइरहेको छ । छायाँनाथ रारा नगरपालीका भित्रका ११ वटा विद्यालयमा  सञ्चालीत विद्यालय पोषण बगैंचा कार्यक्रम प्रभावकारी बन्दै गएपछि कार्यक्रम लागु भएका विद्यालयका शिक्षक विद्यार्थी खुसी भएका छन। 


मुगुका स्थानियलाई पोषणको महत्वको बारेमा जानकारी दिदै पोषण स्थितिमा सुधार ल्याउन छायाँनाथ कोसेली घरले नगरपालीका भित्रका ११ वटा बिद्यालयमा यो कार्यक्रम सञ्चालन गदै आएको छ ।

मुगुमा देखिएको पोषणको स्थितिलाई मनन् गरी बिद्यालय मार्फत पोषणको महत्वको बारेमा जानकारी गराउने र पोषण स्थितिमा सुधार ल्याउने उदेश्यका साथ उक्त कार्यक्रमको थालनि गरीएको छायाँनाथ कोसेली घरका अध्यक्ष चेतना शाहिले बताइन । शाहीले मुगुमा पोषको स्थिति नाजुक रहेको र पोषण अभाव कै कारण अधिकांस नागरिक रोग पालेर बाँच्न बाध्य भईरहेको अवस्थामा यसलाई निराकरण गर्न र समाजमा पोषणको स्थितिमा सुधार ल्याउनको बिद्यालय पोषण बगैंचा कार्यक्रमको थालानि गरिएको बताइन । 

एक घर एक करेसा बारी

छायाँनाथ कोसेली घरले एक घर एक करेसाबारी अभियानको थालानी गरेको छ । छायाँनाथ रारा नगरपालीका भित्रका बस्तीमा एक घर एक करेसाबारीको थालनी गरेको हो । 

यो अभियानसंगै छायाँनाथ कोसेली घरले  स्थानीय बालिका बिउबिजन वितरण गर्नुका साथै तरकारी खेति सम्बन्धि तालीम पनि दिदै आइरहेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!