गुल्मीमा ११ वर्षिया वालिका वलात्कारको अभियोगमा एक पक्राउ

Posted on: 28 Jun, 2018

प्रेम सुनार/असार–१४, गुल्मी। गुल्मीको हस्तीचौरमा तिन दिन अघि ११ वर्षिया नावालिका वलात्कारको अभियोगमा  त्यहाँको एक पुरुषलाई गएराती प्रहरीले पक्राउ गरेको छ ।

ईस्मा गाउँपालिका वडा नम्वर–२ , साविक हस्तीचौर–७ ढाँडा गाउँका ३९ वर्षिय प्रेमबहादुर कार्कीलाई गएराती १२ वजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेद्धीले जानकारी दिए ।

उनका अनुसार  निजले असार ११ गते साँझ करिव ५ वजेको समयमाा आफ्नो घरमा जाने पाईपमा पानी लगाउन जाने क्रममा ति १४ वर्षिया वालिकालाई घर मै वोलाएर वलात्कार गरेको उजुरी वुधवार  दिउँसो हस्तीचौर प्रहरी चौकीमा  परेको थियो  ।

निज फरार रहेकोमा प्रहरीले खोज्दै जाँदा सदरमुकाम तम्घासको धागीथुममा लुकेर वसेको अवस्थामा प्रहरीले पक्राउ गरेको  त्यस कार्यालय मुद्धाफाँटका प्रमुख असई सत्यनारायण  यादवले बताए ।  आज देखि अनुसन्धान अगाडी बढाईने जनाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!