धादिङबेँशी केन्द्रबिन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गयो

Posted on: 28 Jun, 2018

असार १४, काठमाडौँ  । आज बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेँशी केन्द्रबिन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । 

भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, चितवन र राजधानीमा समेत महसुस गरिएको थियो । विसं २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको प्रमुख अधिकारीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!