पासाङ ल्हामु राजमार्ग खुल्ला

Posted on: 28 Jun, 2018

असार १४, रसुवा | गए रातिको वर्षाले अवरुद्ध पासाङ ल्हामु राजमार्ग पहिरो पन्छाई आज दिउसो २ बजेदेखि खुलाइएको छ । 

जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार राजमार्गको दर्जनौँ स्थानमा सडक माथिबाट पहिरो खसेकोमा दिउसो २ बजेदेखि खुलाइएको हो । 

आज बिहान ६ बजेदेखि डोजर र सुरक्षाकर्मीको मद्दतले सडक खुलाई रोकिएको सबै सवारी साधन खुलेको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!