असारे १५ संस्कृतिलाई विर्से गुल्मीका जनप्रतिनिधीहरुले

Posted on: 29 Jun, 2018

प्रेम सुनार/असार–१५, गुल्मी। गुल्मीको एकाधा स्थानिय तह बाहेक असारे १५ अर्थात धान रोपाई जात्रा सदियौं देखिको संस्कृतिलाई अधिकांस जनप्रतिनिधीहरुले विर्सेका छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत.चक्रपाणि पन्थीसंग सम्पर्क राख्दा  अहिले विहानको यो समाचार लेख्ने वेलासम्म कुनै पनि स्थानिय तहले असारे १५ विशेष कार्यक्रम आयोजना गरेको जानकारी पाईको छैन ।

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल संग सम्पर्क राख्दा उनले पानी नपरेका कारण असारे १५ को रौनक ल्याउन नसकिएको बताए । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललविपक्षी राजनैतिक दल काग्रेसका जनप्रतिनिधीहरुले नगर सभालाई अवरुद्ध पारेर टाउँको दुखाएकोले  असारे १५ मनाउने वारे सोच्न पनि नभ्याएको जानकारी दिए  ।

उनले भने–‘ नगर सभा अवरुद्ध पारेकोले टाउको दुखाईको विषय बनेको छ , त्यसैले असारे १५ मनाउने  बारे   नगरपालिकाले  सोच्न सकेन र वडाहरुले पनि आयोजना गरेको जानकारी आएको छैन ।’  

फोन सम्र्पक हुन सकेका अन्य स्थानिय तहले पनि असारे १५ विशेष कार्यक्रम नराखेको बताए । मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले भने अर्लाङ्गकोटको ददल्का फाँटमा रोपाई जात्रा राखिएको जानकारी दिए । वाली गीत भने गाउने मान्छेको अभावमा त्यो रमझम नगरिने उनले बताए ।

स्थानिय निकाय सञ्चालन नहुनु अघि सम्म  प्रत्येक वर्ष जिल्लामा वाली गीत सहित भव्य रुपमा असारे १५ विशेष कार्यक्रम हुने गर्दथ्यो । त्यस ताका सिडियो , एलडियो , सुरुक्षा निकायका प्रमुखहरु रोपाई जात्रामा महिलाहरु संग हिलो छ्यापछ्याप  गर्दै निध्रुक्कै र हिलाम्मे हुने गर्दथे । जो यसपाली एउटा ईतिहाँस जस्तै बनेको छ । आजको दिन प्रायः झरी पर्दथ्यो तर आज विहानै देखि चर्को घाम लागेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!