बाँकेमा करेन्ट लागेर २ को मृत्यु, ३ घाइते

Posted on: 30 Jun, 2018

असार १६, काठमाडौं । बाँकेमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।  बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर जमिनमा फैलिएपछि उनीहरुलाई करेन्ट लागेको हो |

जिल्लाको राप्ती सोनारी गाउँपालिका–६, महिनामापुरमा शनिबार बिहान ४ बजे फैलिएको करेन्ट लागेर स्थानीय सुरेश चौधरी र टीकाराम चौधरीको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय, भगवानपुर बाँकेले दिएको जानकारी अनुसार, करेन्ट लागेर ३ जना घाइते भएका छन् । घाइते इला शाहीको अवस्था गम्भीर छ । दुई घाइते कमला बुढाथोकी र दिनेश बुढाथोकी भने सामान्य उपचारपछि घर फर्किएका छन् ।

करेन्ट लागेर ३ वटा गाईसमेत मरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!