डा. गोविन्द केसी जुम्लाबाट पक्राउ, यस्तो छ कारण

Posted on: 30 Jun, 2018

असार १६ , काठमाडौं । डा. गोविन्द केसी पक्राउ परेका छन् । आमरण अनसन बस्न जुम्ला पुगेका डा. केसीलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो।  

चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायत विभिन्न माग राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न उनी जुम्ला पुगेका थिए । तर सो प्रतिष्ठान लगाएत आसपासका २०० मिटर क्षेत्रलाइ स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ | 

डा. केसीले भने प्रतिष्ठानमै अनसन बस्ने जिकिर गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!