यहि हो पत्रकारिताको धर्म ? आफ्नै वहिनीलाई श्रीमति बनाई दिने ?

Posted on: 01 Jul, 2018

प्रेम सुनार | असार १७, गुल्मी | अनाधिकृत रुपमा अनलाईन र युट्युव खेती गर्नेहरुले जथाभावी समाचार र फोटा पोष्ट गरेर ब्यक्तिको चरित्र हत्या देखि आत्मा  हत्या सम्मको अवस्थामा पुराउन थालेका छन् । केहि दिन अघि राष्ट्रिय सञ्चार माध्यमा जिम्मेवारी पुर्ण ढंगले प्रकाशित भएको एक समाचार शिर्षकलाई  बङ्गाएर मृतककी वहिनीको चरित्र हत्या एक अनलाईनले गरेको छ भने अर्की एक प्रतिष्ठित महिलालाई बदनाम गराउने कुचेष्ट गरिएको छ । 

केहि दिन अघि टेलिभिजन तथा अनलाईनमा  ‘विवाहको रात विवाहन वेहुला मृत फेला.... ’ सम्वन्धि फिचर स्टोरी प्रकाशित भएको थियो । त्यो लेख्ने यसै समाचारदाता थियो ।  जुन समाचार हुवहु कपी गरेर माथी शिर्षक  रुपन्देही अमुवाका मृतक कर्णबहादुर बुढाथोकीकी आफ्नै वहिनी श्रीमति बनेर आएपछि....शिर्षक बनाई केहि अनलाईन र युट्युवले प्रकाशित गरेपछि उनकी वहिनी यति वेला ठुलो तनावमा परेकी छन् । 

त्यसै समाचारमा एक अनलाईनले फोटो समेत सम्वन्धित समाचार पात्र वाहेकको राखेको छ । जुन तस्वीर युकेमा समाज सेवी र प्रतिष्ठित महिलाका रुपमा आफ्नो छवि बनाउँदै आएकी पोखराकी ईशा गुरुङ्ग र उनले आर्थिक सहयोग गरेका नारायणघाट स्थित पिडित विरमान महार्जनको राखिएको छ । 

धेरैलाई नवजिवन दिएकी गुरुङ्ग र उनले सहयोग गरेका पिडित महार्जनको तस्वीर त्यस समाचारमा आए पछि यसै समाचार दाताले राखेको होला भन्ने ठानेर सामाजिक सञ्जालमा ब्यापक आलोचना हुँदै आएको थियो ।  उता मृतककी वहिनीलाई तनावले अस्पताल सम्म पुराउने त्यो अनलाईन अरु युट्युवहरुले पनि गर्दै आए ।  यस समाचारदाता आवद्ध नरहेको र यसको  अनुमति समेत नलिई पोष्ट गरिएको उक्त ग्रैह जिम्मेवारीपुर्ण शिर्षक र तस्वीर राखिनु विद्युतिय अपराध भएको ठहर गर्दै यस समाचारदाताले प्रेश काउन्सिलमा फोन गरेर त्यसलाई सञ्चालन गर्ने ब्यक्तिहरु खोजी दिन आग्रह ग¥यो । 

उहाँहरुले खोज्दा त्यो अनलाई सुचिकृत नभएको, कुनै ठेगना र सम्पर्क नम्वर नभएको भन्दै प्रेश काउन्सिलको सुझाव अनुसार आज यसै समाचारदाताले जिल्ला प्रहरी कार्यालय गुल्मी  मार्फत महानगरिय प्रहरी परिसर टेकु काठमाण्डौंमा विद्युतिय अपराध विरुद्ध उजुरी जाहेरी दिएको छ । 

त्यस्ता ग्रैह जिम्मेवार  सामाजिक सञ्जालहरुको विवरण समेत उजुरीसंगै  पठाएर खोज अनुसन्धान प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी प्रमुख एसपी अनुराग कुमार द्धिवेदीले जानकारी दिए । निरन्तर पत्रकारिताको झण्डै दुई दशकको  यात्रामा यस समाचारदाताले यस्तो उजुरी दिन परेको यो पहिलो हो । त्यस समाचारको तल धेरैले राम्रो स्टोरीका रुपमा प्रतिकृया दिदै आई रहेको वेला शिर्षक बङ्गाएर चरित्र हत्या गरिएको छ । यो अत्यन्तै खेदपुर्ण  र ठुलो अपराध हो । यस्तो ग्रैह जिम्मेवार भएर कसैले सामाजिक सञ्जालको दुरुपयोग नगरौं  । खोज अनुसन्धानमा बाध पुग्ने भएकोले त्यस्ता अनलाईन र युट्युवहरुको नाम गोप्य राखिएको छ ।

 हेरौं उक्त समाचार शिर्षक र तस्वीरको स्क्री सर्ट 


यस बिषयमा तपाइको प्रतिक्रिया...!