बाढीले बगाएर किशोरीको मृत्यु

Posted on: 02 Jul, 2018

असार १८, वीरगञ्ज | पर्सागढी नगरपालिका–४ मा आज अपराह्न थनती खोलाको बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । 

मृत्यु हुनेमा सोही ठाउँकी १५ वर्षीया प्रतिमा राम तथा बेपत्ता हुनेमा १५ वर्षीय सुरेन्द्र महतो छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

सोही खोलाले बगाउँदा १५ वर्षीया संगीता चौरासिया बेहोश अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै १५ वर्षीय सुमन पासवानलाई बाढीले बगाउँदै गर्दा जीवितै उद्धार गरिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो । तीन दिनदेखिको अविरल वर्षाका कारण सो खोलामा बाढी आएको हो । चारै जना बरबाछतौली माविमा कक्षा ९ को परीक्षा दिएर घर फर्कँदै थिए । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!