बाँकेमा भेलले बगाउँदा चार जनाको मृत्यु

Posted on: 02 Jul, 2018

असार १८, नेपालगन्ज | विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चार जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका–५ का ३५ वर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका–४ का चार वर्षीय रञ्जीत पासी र डुडुवा गाउँपालिका–२ का चार वर्षीया रिमादेवी यादव छन् । 

जिल्ला दैवी विपद् व्यवस्थापन समितिले वर्षाको स्थितिको आकलन गर्दै समितिअन्तर्गतका विभिन्न समूहलाई उद्धार तथा राहतका काममा परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!