मानसरोबर दर्शन गर्न गएका आठ जना भारतीय तिर्थालुको मृत्यू

Posted on: 03 Jul, 2018

दान बहादुर बुढा | असार १९, मुगु | कर्णाली प्रदेशको हुम्ला हुँदै तिब्बत कैलाश मानसरोवर दर्शन गर्न गएका भारतिय ८ जना तिथालुको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

हिजो नै भारतको केरला निवासी ५६ बर्षिय नारायनम लिला सिमकोट होटलमा मुत्यू भएको र आन्द्र प्रदेश सल्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यू भएको प्रहरी नायव उपरिक्षक रबीन श्रेष्ठले जानकारी गराए लिला मानसरोवर पुगेर फर्केर आउदा अकस्मात होटलमा मृत्यू भएको उनको भनाई  गत असार १७ गते एक जनाको ताक्लाकोटमै मूत्यू भएको प्रहरी कार्यालयले जनाएको छ । मानसरोवर दर्शन गर्न जाने क्रममा यो बर्ष ८ जना भारतिय नागरिकको मृत्यू भएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ । भारतिय नागरिकको लेक लागेर मृत्यू हुने गरेको बुझिएको छ । 

तिब्बतको मानसरोवर दर्शन गर्न सबै भन्दा बढी भारतिय तिथालु आउने जाने गरेको बढी भेटीने गरेको हुम्लाका स्थानिय बासीहरुको भनाई रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!