कैलालीमा नदिमा डुबेर २ बालकको मृत्यु

Posted on: 04 Jul, 2018

असार २०, कैलाली | कैलालीको गौरीगंगा नगरपालिका बडा नं ११ शिबपुरमा मंगलवार साझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

स्थानिय कटैनी नदिमा साथीहरुको साथमा नुहाउन गएका शिबपुरका हर्क भुलका ८ बर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ बर्षका छोरा अमन चौधरीको डुबेर मृत्यु भएको हो । नदिमा बाढी आएको र पानीको सतह बढेको कारण पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको हो । 

दुवै बालकको शब पोस्टमार्टनको लागी सेती अंचल अस्पताल धनगढी ल्याईएको इलाका प्रहरी कार्यालय मसुरीयाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!