धादिङ केन्द्रबिन्दु बनाइ भूकम्प गयो

Posted on: 05 Jul, 2018

असार २१, धादिङ ।  धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ । 

बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि असार १४ गते पनि धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो । 

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा भूकम्पयता अहिलेसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!