लागुऔषधसहित नागढुंगाबाट दुई जना पक्राउ

Posted on: 05 Jul, 2018

असार २१ काठमाण्डौ | महानगरीय प्रहरी  परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज बिहान लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९० नंको यात्रुवाहक बसको जाँचका क्रममा लागुऔषधसहित धादिङका सञ्जीव परियार र सिन्धपाल्चोकका निराजन पराजुलीलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुबाट २४ एम्पुल नुर्फिन, २४ एम्पुल फेनार्गन र २४ एम्पुल डाइजेल्याब बरामद गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!