रसुवामा आगलागीबाट एक घर जलेर नष्ट

Posted on: 06 Jul, 2018

असार २२, रसुवा | आज बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ भिमली गाउँका हरिप्रसाद घिमिरेको एकतले घर जलेर नष्ट भएको हो । 

आगलागीबाट घर, एक चौपाया, नगद र सुनसहित रु १० लाखबराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । 

आगो नियन्त्रणका लागि स्थानीय बासिन्दाका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!