स्वास्थ्य अवस्था कस्तो छ ? भनेर बुझ्ने कोही छैन !

Posted on: 06 Jul, 2018

प्रेम सुनार/असार–२२, गुल्मी।   प्रहरीको विहानै देखि  गाडीमा ओहर दोहर चलिरहेकै छ । उनिहरु पैदल गस्ती पनि गरिरहेका छन ।  शुक्रवार विहानै देखि र अहिले यो समाचार लेख्ने सयम ३ वजे सम्मको कुरा हो ।


गुल्मीको सदरमुकाम तम्घास नयाँ वजारको सडक छेउँको दृश्य हो । जहाँ एक जना जाँडले ढलेका मजुर लडिरहेका छन् । उनको स्वास्थ्य अवस्था कस्तो छ  ? भनेर बुझ्ने कोही छैन । उनि मानिस हुन भन्ने सवैलाई थाह छ । तर पनि उनलाई जसरी सडकमा एउटा कुकुर लडेको दृश्य केहि जस्तो लाग्दैन त्यस्तै ठानिएको छ ।

प्रहरी प्रशासन कै आँखा अगाडी एउटा जँड्या दिनैभरी जस्तो सडकमा लडिरहेको छ त्यसको खोजी हुँदैन भने दुर्गम गाउँका त्यस्तै जँड्याहरुलाई खोज्ने र सुररिक्षत गर्ने काम  कसले गर्ला ?

कैयौ मानिस वाटो छेँउँमा त्यसरी नै सुतिरहेको अवस्थामा मृत्यु भएका छन । कोही भिरमा मृत फेला पर्छन ।  परिवारले हराएको उजुरी दिदा हप्तौंसम्म मृतकको शव पहिचान गर्न नसक्ने गरी सडेको हुन्छ ।

यसको उदाहरण  हो– केहि वर्ष अघि यसै गुल्मीमा प्रहरीले जिवितलाई मृतक बनाएर अन्त्यष्टि गरेको थियो । हस्तीचौरका बृद्ध कृष्णबहादुर बिक मृतक बनाएर अन्त्यष्टि गरी सके पछि उनका आफन्त उनि त जिवित छन भन्दै आएका थिए  ।

त्यसको केहि महिनापछि मात्र उनको मृत्यु भएको थियो ।  पछि फेरी अर्को मृतकको पहिचान नै हुन नसकी वेवरिसे शवका रुपमा अन्त्यष्टि गरिएको थियो । गरिव , मजदुर र सडक छापहरुको पनि कुनै कुनै आफन्त हुन्छन वा उसको जिवन पनि अरुको जस्तै जिवन हो  ।

आखिर मदिरा न हो  ? थेक्न नसकी पिउन थालेपछि उसको ज्यान जोखिमा हुन्छ । त्यस्तालाई सुरक्षित गर्ने प्रहरी मात्र होईन आम मानिसको कर्तव्य हुन आउँछ । यसै समाचारदाताले उति बेलै उठाउन खोजेको थियो । तर कतै अन्यथा त हुने होईन भनेर छुन सकेन ।

यता रेसुङ्गा टेलिभिजन र त्यसको ठिक अगाडी शाईन रेसुङ्गा बिकास बैंक छ । मानिसहरुको आवत जावत बाक्लो छ । गजवको कुरा त के छ भने रेसुङ्गा नगरपालिकाले तम्घास वजार क्षेत्रमा ‘नो पार्किङ्ग’  अभियानलाई कडाईका साथ लागु गरेको छ ।

ति जँड्या मजदुर जहाँ लडिरहेका छन त्यहाँ मोटर साईकल पार्किङ्ग गर्न निषेध छ । तर मोटर साईकलले लिने ठाउँ भन्दा बढि ठाउँ ओगटेर जँड्या दिनभरी  त्यसरी लड्न चाँही यस्तो छुट छ । उनले चाहेर वा नचाहेर  यस  नगरपालिका र  प्रहरीलाई चुनौती दिए कै हो , होईन र  ?

विशेष गरी पार्किङ्ग निषध अभियानलाई कडाईका साथ लागु गर्न कम्मर कसेका रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसाललाई सर्वसाधरणले यहि सवाल उठाएका छन कि , मेयर ज्यु, कुनै होटलमा छिरेर एकै छिन पिशवा फेरेर आउनका लागि मोटर साईकल रोक्न छुट छैन भने जँड्यालाई दिनैभर त्यस्तो ब्यस्त सडक ओगटेर सुत्न त्यत्रो छुट ?

यस बिषयमा तपाइको प्रतिक्रिया...!