मुस्ताङ्गमा ट्रिपर दुर्घटना: १८ जनाको मृत्यु, १४ जना गम्भीर घाईते (९ तश्विर)

Posted on: 06 Jul, 2018

प्रेम सुनार/असार–२२ मुस्ताङ । आज दिउँसो मुस्ताङ्गमा ट्रिपर गाडी दुर्घटना हुँदा १८ जना मजदुरको घटना स्थल मै ज्यान गएको छ ।  १४ जना गम्भीर घाईते भएका छन ।

दिउँसो  साढे १ वजेको समयमा सडक निर्माण गर्ने मजदुरहरुलाई खान खुवाउन ल्याई फर्काउने क्रममा बा २ क २२१९ नम्वरको ट्रिपर सडक देखि करिव ५० मिटर तल खस्दा ति मजदुरहरुको ज्यान गएको हो । मृतकहरु अधिकांस दाङ्ग र रोल्पाका छन ।


जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गले दिएको जानकारी अनुसार मुस्ताङ्गको लो–घेकर दामोदर कुण्डा गाउँपालिका वडा नम्वर ३ स्थित स्याङवोछे भन्ने स्थान र घिलिङ्ग गाउँका विचमा पर्ने स्थानमा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा क्रमशः रोल्पाका १९ वर्षिय महेश रोका, ३२ वर्षिय रामकुमार पुन, ३२ वर्षिय सन्तु घर्ति रहेका छन । त्यस्तै दाङ्गका ३० वर्षिय वालकुमार घर्ति , ३१ व्र्षिय कविता घर्ति मगर,  ४३ वर्षिय शान्ति थापा,  ३२ वषिय सुवेर चौधरी , २५ वर्षिय कमल बुढा रहेका छन ।


त्यस्तै धादिङ्गका २३ वर्षिय सुजन घलान , सिन्धुलीका २० वर्षय जिवन माझी ,  कैलालीका २२ वर्षिय विनिता थापा कपिलबस्तुका ३५ वर्षिय कमानसिंह रोका  र स्याङ्गजाका २४  वर्षिय  कृष्ण क्षेत्री रहेका छन ।

यो समाचार लेख्दा लेख्दै घाईतेहरु मध्ये प्रहरीले थप तिन जना रोल्पाका मजुदुरहरुको मत्यु भएको जानकारी दियो । थप मृत्यु हुनेहरुमा ३१ व्र्षिया जितमाया घर्ति, २० वर्षिया सिर्जना घर्ति र २३ वर्षिय राष्ट्रे रोका रहेका छन ।

घाईतेहरुको उपचारका लागि सदरमुकाम जोमसोङ्ग जिल्ला अस्पताल तर्फ लैजाँदै गरिएको प्रहरीले जनाएको छ । घटना स्थलबाट सदरमुकाम ५० किलो मिटर दुरीमा पर्छ । ५ जना घाईतेलाई जिपमा भर्खर हिडालिएको छ ।

अविरल वर्षाका कारण सडक ठाउँ ठाउँमा पहिरो गएको छ । त्यस कारण  छिटो उनिहरुलाई अस्पताल पुराउन नसकिएको प्रहरी बताउँ छ । अव बाँकी १४ जना घाईतेहरु प्राय सवैको अवस्था चिन्ताजनक रहेको मुस्ताङ्ग प्रहरीले जानकारी दियो ।

ति मजदुरहरु विरुवा कन्ट्रक्शन प्रा.लि. मार्फत मुस्ताङ्गको त्यस स्थानमा सडक निर्माण कार्यमा पुगेका थिए । कतिपय श्रीमान श्रीमति र सन्तान सहित काम गर्न पुगेका उनिहरु मध्ये कतिपयका सन्तानको विचल्ली भएको छ । घटना स्थलमा रुवावासी थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!