गुल्मीमा गजवको अभियानः गर्भवतीको घर–घरमा झण्डा

Posted on: 09 Jul, 2018

प्रेम सुनार | असार २५, बुटवल | गुल्मी दरबार गाउपालिकाले त्यहाँका गर्भवती महिलाहरुलाई  सुरक्षित प्रशुति  सेवा उपलव्ध गराउन  उनिहरुको घर घरमा झण्डा गाड्ने पृथक खालको अभियान यस जिल्लामा छेडेको छ । 

पहिला सवैले गाउँका ठुला साहु मार्जनलाई चिन्थे र चिन्नै पर्दथ्यो तर अव दुखी गरिव र विशेष गरी हरेक गर्भवती महिलालाई चिनौ र उनिहरुलाई संस्थागत रुपमा   प्रशुती सेवा उपलव्ध गराऔं भन्ने उद्देश्यका साथ सो गाउँपालका कार्य समितिले यस्तो अभियान छेडेको स्वास्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्याले बताए  । 

जिल्लामा  गर्भवती महिलाहरुका लागि  पुर्ण सस्थागत प्रसुती क्षेत्र घोषणा  गर्ने गुल्मी दवरवार गाउँपालिका पहिलो हो । उसले आईतवार  भब्य समारोहका बिच ‘गर्भवती झण्डा’  बितरण  समेत गरेको छ ।  सो गाउँपालिका अन्तरगत दरवार  देबिस्थान स्वास्थ्य चौकीद्वारा सञ्चालित  बर्थिङ सेन्टरमा पायक पर्ने  वडा नम्वर  ५, ६ र ७ मा रहेका गर्भवती, महिला  स्वास्थ्य स्वयम सेविका, जनप्रतिनिधी, राज्नैतिक दलका प्रतिनीधी र स्वास्थ्यकर्मिहरुको उपस्थितिमा गर्भवती झण्डा वितरण गरिएको थियो । 


कार्यक्रममा गाउपालिका अध्यक्ष अशोककुमार थापाले यो अभियान संगै  अब देखी प्रसुती  ब्यथा लागि बर्थिङ सेन्टर सम्म आउनका लागि एम्बुलेन्स सेवा निशुल्क रुपमा उपलब्ध गराउने र गर्भवतीलाई ल्याब सेवामा लाग्दै आएको सेवा शुल्कलाइ ५० प्रतिसतमा झार्ने ब्यबस्था गाउपाकिकाले मिलाउने बताए । उनले , बर्थिङ सेन्टरलाई आबश्यक  पर्ने सबै भौतिक ब्यबस्थापन गाउपालिकाले गर्ने घोषणा  समेत गरे । 

उनको प्रमुख  आतिथ्यता रहेको कार्यक्रममा  सो गाउँपालिका   स्वास्थ्य शाखा संयोजक  अर्यालले  सहजीकरण गरेका थिए । कार्यक्रममा  हरेक छिमेकीले कुन घरमा के छ गर्भवती ? उसलाई चिन्नै पर्ने र उसको स्वास्थ्य सम्वन्धि रेख–देख गर्ने पर्ने ।  घरको धुरीमा झण्डा गाडिएको देखे पछि एक पटक हरेकले त्यस घरकी गर्भवती महिलाको स्वास्थ्य सम्वन्धि अवस्था बुझ्नै पर्ने जस्ता महत्वपुर्ण मापदण्ड बनाई छेडिएको यो अभियान यस जिल्लाका लागि उदाहरणीय मानिएको छ । 


पहिलो पटक दलित महिलाको अध्यक्षता  

पुर्ण सस्थागत प्रशुती सम्बन्धी अभिनुखिकरण तथा गर्भवती झण्डा बितरण कार्यक्रमको अध्क्षयता  पहिलो पटक त्यहाँकी दलित महिलालाई गराईएको थियो ।  त्यस गाउँपालिका  वडा न ७ बाट निर्वाचित  दलित महिला सदस्य लक्ष्मी सुनारलाई  अध्यक्षता गराईएको  थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!