नवलपरासीमा ट्याक्टरले हान्दा स्थानीय पैदल यात्रुको मृत्यु

Posted on: 10 Jul, 2018

असार २६, नवलपरासी | पूर्वी नवलपरासीको त्रिवेणीमा आज ट्र्याक्टरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । 

बिनयी त्रिवेणी गाउँपालिका–६ शिवपुरगढीबाट त्रिवेणी आउँदै गरेको लु३त १०७४ नंको ट्र्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीयवासी ४४ वर्षीय भेदबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मृत्यु भएका थापाको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक हरिद्वार धोबीले जानकारी दिनुभयो । ठक्कर दिने ट्र्याक्टर र त्यसका चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!