बैतडीका एक व्यवसायीले सिडिओ कार्यकक्षमै वभरसियरको गालामा थप्पड हानेपछि...

Posted on: 11 Jul, 2018

नरी बडु/असार २७, बैतडी | जिल्ला प्रशासन कार्यालयमा रहेको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा मंगलबार दिउसो सडक सम्बन्धिको छलफल चलिरहेका बेला वभरसियरको गालामा थप्पड हिर्काउर्ने पाटन नगरपालिका– ९ सिद्धेश्वरका निर्माण व्यवसायी रामसरण भट्टलाई प्रहरीले गिफ्तार गरेको छ ।

दशरथचन्द नगरपालिकामा वभरसियर पदमा कार्यरत दशरथचन्द नगरपालिका– ५ कुमालीका भत्तराज भट्टमाथि सिडियो कार्यकक्षमै हातपात गरेकाले निर्माण व्यवसायी भट्टलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपि नेत्रमणि गिरीले बताए ।

तत्कालिन जिल्ला विकास समितिमा कार्यरत रहदा काम गर्न आदेश दिएर भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले कर्मचारीमाथि हातपात गरेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।  

जिल्ला प्रशासन कार्यालयमा सिडिओ, प्रहरी प्रमुख, अनुसन्धान अधिकृत लगायतका व्यक्तिहरुको उपस्थितिमा सडककै विवादका बारेमा छलफल चलिरहेका बेला भट्टले कर्मचारीको कन्चटमा थप्पड हिर्काएकाले उनिबिरुद्ध बुधबार सार्वजनिक मुद्धा चलाउने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!