पासाङल्हामु राजमार्ग अवरुद्ध

Posted on: 11 Jul, 2018

असार २७, रसुवा | गएरातिदेखि पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार कालिका गाउँपालिका– १ ग्राङ क्षेत्रमा सडक सफा गर्ने क्रममा डोजर बिग्रिएपछि सवारी आवागमन बन्द भएको छ । 

बिग्रिएको डोजर मर्मत गर्ने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका १५० भन्दा बढी सवारीसाधन राजमार्गका विभिन्न ठाउँमा थन्किएका प्रजिय पौडेलले जानकारी दिनुभयो । 

सडक खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!