त्यो ७० लाख पनि कागजमा सम्पन्न हुने हो कि प्रमुखज्यु ?

Posted on: 11 Jul, 2018

प्रेम सुनार/असार–२७, वुटवल ।  हिजो गुल्मीको छत्रकोटमा कामै नगरी रकम निकासी सम्वन्धि समाचार वाहिर आए लगत्तै फेरी त्यहाँका जनताले काम नभएको त्यहाँको अर्को रकमबारे निगरानी बढाएका छन ।

‘होल बढी चकअप’  कार्यक्रमका लागि त्यस गाउँपालिकाले सुरुमा ५० लाख छुट्टाएको थियो भने पछि २० लाख थपेर ७० लाख पुराएको थियो । यसै आर्थिक वर्षमा  गर्ने भनिएको जुन कार्यक्रम आज असार २७ गतेसम्म पनि हुन सकेको छैन ।

४० वर्ष माथीका  सवै छत्रकोटवासीको पुर्ण स्वास्थ्य परिक्षण गर्ने उद्धेश्यका साथ अगाडी सारिएको उक्त कार्यक्रम विज्ञहरुको अभावमा गर्न नसकिएको त्यस गाउँपालिका स्वास्थ्य विभाग संयोजक श्यामसुन्दर पोखरेलले बताए ।

पटक पटक हामीले त्यस कार्यक्रम सञ्चालनका लागि टेण्डर आव्हान गरेका थियौं ।  बेलैमा कुनै स्वास्थ्य संस्था सम्पर्कमा नआए पछि  त्यो कार्यक्रम गर्न नसकिएको हो,– पोखरेलले भने । केहि  स्थानियले  कार्यक्रम हुन नसके पछि ‘त्यो ७० लाख ’ कोडभाषा बनाउँदै कतै हिजोको समाचारममा झै कागजमा  मात्रै सम्पन्न  हुने हो  कि  ? भनेर निगरानी बढाएका छन । नाम नवताउने सर्तमा धेरैले उक्त विषय सञ्चार माध्यमबाट उठाई दिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिदा विवादमा तानिने लागेर होला यस सम्वन्धमा प्रमुख  प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले फोन उठाएनन ।  लेखापाल माधव अर्याल छोटो कुरा गरेर फोन राखे दोश्रो तेश्रो पटक फोन गर्दा उठाएनन । छोटो कुराकानीमा उनले उक्त कार्यक्रम  गर्न नसकिए पछि वहुवािर्षमा लैजाने तयारी भएको जानकारी दिए ।

 गाउँपालिका प्रमुख मधुकृष्ण पन्तसंग अशाढ मशान्त ढिप्की सक्यो  अवको तिन दिनमा त्यो ७० लाखको काम होला ? भन्ने  प्रश्न गर्दा उनले नसकिने नै  जवाफ दिए । उनले  दुई पटक सम्म आव्हान गर्दा कोही सम्पर्कमा नआए पछि त्यो  कार्यक्रम  गर्न ढिलाई भएको बताए ।

पछिल्लो पटक काठमाण्डौमा रहेको नेपाल काडियो ड्राईवेटीक एण्ड थाईराईटस् सेन्टर भन्ने संस्थाले सम्झौता गर्न सम्पर्कमा आएको छ प्रमुख पन्तले भने असार २९ गतेबाट त्यो कार्यक्रम सुरु गर्न लागिएको छ । 

उनले श्रृंगा प्राथामिक स्वास्थ्य केन्द्रमा उक्त कार्यक्रम गरिने जानकारी दिए । यसै आर्थिक वर्षम गर्न नसके पछि वहुवािर्षम गर्ने निर्णय भएको पन्तले बताए ।  उनले थपे – जनताको चासो उठाउनु भयो ,  जुन ठिक हो , जनतालाई ढुक्क हुन भन्नुस काम नगरी कुनै पैसा दायाँ बायाँ हुन दिने छैनौं । ’

हिजो त्यस गाउँपालिका वडा नम्वर ४ हर्दिनेटको एक मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष दिपक कँडेल लगायत काम नै नगरी रकम निकासी गर्न आएको समाचार प्रकाशित भएको प्रति उनले कुनै आपत्ती जनाएनन । उनले थपे –‘गल्ती गर्ने कसैलाई पनि छाडिन्न । जुन रकम अनियमित्ता हुनबाट बचाई सकिएको छ । ’ उनले मिडियाले बेलैमा खवरदारी गरेको प्रति धन्यवाद दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!