आमाले ईन्टरनेट चलाउन नदिएपछि छोरीले गरिन आत्माहत्या, सुसाइट नोटमा के छ ?

Posted on: 11 Jul, 2018

प्रेम  सुनार | असार २७, बुटवल ।  अर्घाखाँचीमा एउटा दुखत र अभिभावकहरुलाई सोचनिय पार्ने घटना घटेको छ । 

ईन्टरनेट सेवा भएको मोबाइल चलाउन आमाले नदिएपछि  भुमिकास्थान नगरपालीका– ६ खिल्जी खमारीबासकी १५ वर्षीया सुनिता थापाले आत्महत्या गरेकी छन् । आमा रमा थापाले पढ्ने समयमा मोबाइल नचलाउ भनी सम्झाई बुझाई गर्दा जिद्दी स्वभावकी छोरी सुनिता थापाले मोबाईल चलाउन नपाएको झोकमा आवेगमा आएर बुधवार  आत्महत्या गरेकी हुन् ।  

जिल्ला प्रहरी प्रमुख डिएसी नवराज मल्ल संग सम्पर्क राख्दा घटनाको पहिलो कारक आमाले मोवाईल नदिनु रहेको पाईएको बताए । भने–‘ उनले ज्यान हाल्नुको पहिलो कारक त्यही देखिएको छ । उनले सुसाईट नोट पनि लेखेकी छन । जुन यस्तो छ –‘मैले वावालाई सानैमा पनि देख्न  पाईन । एउटी आमालाई शान्ति दिन सकिन । मेरो लास नजलाई दिनु । गाडी दिनु । आमालाई त शान्ति नमिल्ला तर म मेरो बाटो गर्छु । ’

त्यस नोटमा उनले एक पटक आमालाई आईलभ यु भने पनि सानैमा मृत्यु भएका वावुलाई पटक पटक आईलभयु ड्याडी, आईलभ यु ड्याडी भनेर विदा लिएको डिएसपी मल्लले बताए । सानैमा वावु देख्न नपाएको कलेस उनिमा रहेछ भन्ने बुझ्न सकिन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!