पाल्पामा बस खस्यो

Posted on: 12 Jul, 2018

असार २८, काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । 

पाल्पाको भालेबास नजिकै बिहीबार बिहान लु १ ख ७२७२ नम्बरको बस दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइते २६ मध्ये ४ को अवस्था गम्भीर छ । प्रहरीका अनुसार, उनीहरुको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त बस खोलामा खसेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!