वाग्लुङ्गमा माटाको ढिस्कोले पुरिएर एकको मृत्यु

Posted on: 12 Jul, 2018

प्रेम सुनार/असार–२८, बुटवल । माटाको ढिस्कोमुनि पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ ।

हिजो दिउँसो  रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर सोही ठाउँकी २८ वर्षीया कौशिला कार्की भने घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए  । घटनाबारे थाहा पाएपछि स्थानीयवासीले  उनको  उद्धार गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!