उपचार खर्च जुटाउन नसकेपछी सहयोगको आशमा रोशनी

Posted on: 12 Jul, 2018

असार २८, काठमाडौँ | आफ्नो जन्म दिनमा भनौ या कुनै अवसरमा, या केही रमाइलो केहि चाडपर्ब नयाँ सालमा अनाथ आश्रम, बृद्दा आश्रम, बाल आश्रम जस्तो पबित्र स्थलमा मनाउने रोशनि केसी अहिले आफै सहयोगको आशामा छिन् । 


गत जेष्ठमा दुर्घटनामा परेकी रोशनी केसी अहिले आफ्नो उपचारको लागि काठमाण्डौमा छिन् । दुर्घटनामा परेपछि आफ्नो हातखुट्टासंगै टाउकोमा गम्भीर चोट लागेकि उनलाई पुगेसम्म घरबाट खर्च गरि उपचार गरिएको पारिवारिक स्रोत बताउँछ । तर अत्याधिक खर्च लाग्ने भएपछी अझै लगभग १० लाख रकम जुटाउनका लागि उनको परिवार दौडधुपमा छ । 

बचत तथा ऋण सहकारी संघ लिमिटेड रुपन्देहीकी महिला उपसमिति सदस्य समेत रहेकी रोशनी केसीको लागि सहयोग गर्न चाहनेले राष्ट्रिय सहकारी बैंक बुटवल शाखाको खाता न १३—०००१६—९ मा रकम जम्मा गर्न सकिने सहकारीका कृष्ण नेपालले बताएका छन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!