बाजुरामा ४ रिक्टरको भूकम्प

Posted on: 13 Jul, 2018

असार २९, बाजुरा | यहाँ आज बिहान ८:५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । 

भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गर्नुभयो । भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!