बैतडीमा विद्यार्थीले गरे भल नियन्त्रणका लागि नाली सरसफाई

Posted on: 13 Jul, 2018

नरी बडु ।असार २९ बैतडी । बर्खाको समयमा बैतडीको मुख्य सदरमुकाम गडी र गोठलापानी बाजरबाट भल बगेर तलतिरको बस्ति जोखिममा पर्ने गरेको घटना नौलो होईन् । 


भलले किशानहरुको बालि नष्ट गर्ने, घरमा क्षति पुग्ने र गएको वर्षमा त उक्त भलले बगाएर दुई जनाको मृत्यु नै भएको थियो । 

सोहि बर्खाको भलबाट गोठालापानी तल्तीर रहेको एमजेसी एकेडीमी पनि जोखिममा छ । पानी परेको समयमा उक्त विद्यालयका विद्यार्थीलाई वारपार गर्नै मुस्कील हुन्छ। 

सोहि जोखिमबाट बच्न एमजेसीमा अध्ययनरत विद्यार्थीहरुले भल नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । शुक्रबारे कार्यक्रमको मौका पारी विद्यालयमा गठित जुनियर रेडक्रस सर्कल र बाल क्लबका विद्यार्थीहरुले विद्यालय सरसफाईका साथै नाली व्यवस्थापन गर्ने प्रयास समेत गरेका छन् । 

नेपाल रेडक्रस सोसाईटी अन्र्तगत संचालित बालकेन्द्रित विपद जोखिम न्यूनिकरण कार्यक्रमद्वारा गठित जुनियर रेडक्रस सर्कल र विद्यालयमा रहेको बाल क्लबले शुक्रबार अतिरिक्त क्रियाकलापमा विद्यालय सरसफाई र नाली व्यवस्थापन गरेको विद्यालयकी स्वयमसेवक शिक्षिका नीसा भट्टले बताए । भट्टका अनुसार एमजेसी एकेडीमिका विद्यार्थीहरुले बर्सादको समयमा हुने जोखिम न्यूनिकरणका लागि उक्त कार्यक्रम गरेका हुन् । विद्यालयको छेउबाटै बग्ने बलले बालवालिकालाई समस्या हुन थालेपछि उनिहरुले शुक्रबारे कार्यक्रममा विद्यालय क्षेत्र सरसफाईका साथै भल व्यवस्थापन गर्नेकाम गरेको स्थानीय प्रकास जोशीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!