आफ्नै भाई बुहारीमाथि जेठाजुको कुदृष्टि, यसरी गर्छन् दिनहुँ आक्रमण

Posted on: 14 Jul, 2018

प्रेम सुनार । असार–३०, बुटवल।  सर मलाई बचाउनुस , मैले गुहार पाईन । प्रहरीले  तिम्रो जेठाजुको दिमाग विग्रेको छ केहि गर्न मिल्दैन भनेर भन्छ । यदि उनको दिमाग विग्रेको भए मलाई मात्र किन पछ्याएर आक्रमण गर्छन ?  यसो भन्दै र रुदै अहिले विहान पनि ति महिलाले फोन गरिन ।  

उनि हुन अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनदहकी उमा खनाल । गत पुष महिनामा पनि उनका जेठाजु चन्द्रबहादुर खनालले भाई वुहारीलाई श्रीमति बनाउँछु भन्दै ढुङ्गा–मुढा गरेर असुरक्षित पारे पछि यसै समाचारदाताले अर्घाखाँचीको प्रहरीलाई आग्रह गरेर समातिएको थियो ।

त्यस पछि गायव भएका उनैले फेरी अहिले घरमा आएर आतंका मच्चाई रहेका छन । उनि मानसिक रोगी भएको अर्घाखाँची प्रहरीको भनाई छ । यदि उनि मानसिक रोगी हुन भने सवैलाई आक्रमण गर्नु पर्दथ्यो ।

किन तिनै भाई बुहारी मात्रै आँखाको  तारो बनेकी छन ?   ति भाई वुहारीका अनुसार हालै निज जेठाजुले उनका श्रीमान अर्थात भाई नन्दबहादुर खनाललाई निर्घात कुटपिट गरेर अस्पताल भर्ना हुने गराएका छन ।

‘श्रीमान पनि घर हुनुहुन्न’ उनले डाको छाड्दै भनिन–‘ हँसिया कोदालो लिएर आक्रमण गर्न आउँछ , तँलाई मैले स्वास्नी बनाउँछु भन्छ म के गरुँ ? रवि लामीछानेलाई फोन गर्दा उठेन र हजुरलाई फोन गरेकी हुँ, मलाई गुहार दिनुस् । ’

उनका अनुसार उनको घरका तिन वटै कोठा फोरेर भएको सवै कुरा निज जेठाजुले लुटेर लगेको छ । ‘घरमा अन्नको गेडा छैन सर, म दुई तिन दिन देखि भोकी छु, उनले भक्कानिदै भनिन के खाएर बाँचुँ ?’

उनि २०६२ सालमा  ५७ वर्षिय नन्दबहादुरसंग दोश्रो विवाह गरी आएकी ३९ वर्षिया महिला हुन । अघिल्लो घरवार तर्फ तिन सन्तान र नन्दबहादुर तर्फ ३ सन्तान भएको उनि बताउँछिन ।  ति जेठाजुकी पनि घरमा श्रीमति छन् ।

श्रीमति आफै पनि असुरक्षित भएर कहिले काँही घर छाड्ने गरेको स्थानिय बताउँ छन । गाउँका महिला समुह पनि  निज जेठाजुबाट आजित भएको भन्दै फोन गर्छन ।  पागल भएको नाटक गरेर भाई बुहारीलाई आक्रमण गरेको स्थानियको बुझाई छ ।

यस सम्वन्धमा अर्घाखाँचीका प्रहरी प्रमुख  डिएसप नवराज मल्ल संग सम्पर्क राख्दा निज मानसिक रोगी भएकोले पहिला अस्पतालमा राखिएको  बताए ।  अहिले फेरी उसले  आतंक  मच्चाएको जानकारी आएपछि हिजो देखि खनदह ईलाका प्रहरी चौकीलाई त्यहाँ खटाएको उनले जानकारी दिए ।

ति महिलाका भाई  ठाकुर रायमाझी भन्छन –‘ हो,  हिजो देखि त्यहाँको प्रहरी आएर मेरै घरमा बसेका हुन । निज जेठाजु अहिले घर मै ढोका लगाएर लुकेको छ  । तर प्रहरीले घर भित्र रहेको मान्छेलाई हामीले ढोका फोरेर निकाल्न मिल्दैन भन्छ । ’

उनको  यो भनाई डिएसपी मल्लसंग राखेपछि स्थानियलाई जम्मा गरेर निजलाई समात्न लगाउने जानकारी दिए । निज अँस्ती दिनभर श्रीमतिसंग घाँसपात गरेर बसेका थिए । हिजो देखि श्रीमति पनि घरमा छैनन ।

निजका छोरा बुहारी भारततिर रहेको बताईएको छ । गत पुष महिनामा पनि जेठाजुद्धारा भाई बुहारी अशुरक्षित भएको समाचार बाहिर आए पछि निज जेठाजुको आतंक बन्द भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!