बझाङमा नगरबासी र प्रहरीबीच झडप , प्रहरीसहित ४ जना घाइते

Posted on: 14 Jul, 2018

सम्राट सिंह/असार ३०, बझाङ | शनिबार जिल्लाको बुङगल नगरपालिकाको कार्यालय सार्ने क्रममा बिवाद भई झडप हुँदा प्रहरी निरिक्षक घाइते भएका छन ।  नगरपालिकाको कार्यालय बुङगल नगरपालिका ४  बिजगडाबाट झापा सार्ने भन्ने बिषयमा बिवाद भई ढुङगा मुढा हुँदा प्रहरी निरिक्षक जनक धामी घाइते भएका हुन । 

नगरपालिकाको कार्यालय सबैलाई पायक पर्ने स्थान बिजगडा नै हो मेयर धन बहादुर बिष्टले हचुवाको भरमा कार्यालय सार्न खोज्दा स्थानियहरुले नगर कार्यालय घेराउ गरेको र प्रहरीले रोक्न खोज्दा झडप भएको नेपाल कम्न्यूष्ट पार्टीका  नेता हरि कुँबरले बताए । 

दोहोरो झडप हुँदा स्थानिय बिष्णु कुँबर सहित ४ जना पनि घाइते भएको उनको भनाइ छ। 

जिल्लाको बुङगल नगरपालिका ले गरेका निर्णय तथा आर्थिक अनियमितता बिरुद्घ स्थानियले पटक पटक जिल्ला प्रशासन कार्यालयमा उजूरी समेत दिएका छन । 

नगर कार्यालय सार्ने क्रममा विवाद भई झडप हुँदा प्रहरी निरिक्षक जनक धामी घाइते भएको प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँबरले बताए । घटनाको न्यूनिकरण गर्न प्रहरीका सबै पोष्टहरुबाट झण्डै ५० जना थप प्रहरीहरु घटना स्थल पठाएको उनको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!