अछाममा २१ वर्षीय युवकद्वारा आठ वर्षीया बालिका बलात्कृत

Posted on: 14 Jul, 2018

असार ३०, अछाम । अछामको साँफेबगर नगरपालिकामा एक आठ वर्षीय बालिका बलात्कृत भएकी छन् । बालिकाकी आमा रोपाइँ गएको बेला २ बर्षकी बहिनी हेर्न बसेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

पानी माग्ने निहुँमा गएका देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेको आरोप छ । घटना २० असारको भएपनि घरमा आफू एक्लो रहेको र पति भारतमा भएकोले डरले उजुरी नदिएको पीडितकी आमाले बताएकी छन् ।

भारतमा रहेका बालिकाका बुवा र बाजुरामा रहेका ठुलो बुवाको सल्लाहमा २८ गते प्रहरीमा जाहेरी गरेको उनले बताइन् ।

पीडीत बालिकाको जिल्लामा उपचार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!