गुल्मीमा कारुणिक घटनाः रगतको आहलमा किशोरी

Posted on: 16 Jul, 2018

प्रेम सुनार/असार–३२, गुल्मी । रक्त श्राव  भएर उनको स्वास्वास्थ्य अवस्था गम्भीर बनेको छ  । हे....मेरो  विवस...., म तिमी विना बाँच्न सक्दिँन... ।  तिमी जहाँ छौं  मेरो मायालाई सम्झेर मलाई बचाउन छिटो आउ... भन्दै उनले पटक पटक भक्कानो छाड्ने गरेको दृश्यले त्यहाँ पुग्ने जो कोहीको गह भरिन्छ ।


उनि हुन् गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर ३ भेडुवा वजारकी १८ वर्षिया समिक्षा क्षेत्री (  नाम परिवर्तन )  ।  उनका प्रेमी भनिएका  गुल्मी दरवार गाउँपालिका वडा नम्वर ४ विरवासका २५ वर्षिय विवस ठकुरी असार २२ गते राती देखि सम्पर्क विहिन भएपछि उनको  त्यस्तो रोदन र चित्कारले भेडुवावासी समेत पिडामा  परेका हुन्  ।

ठकुरीले  बुटवलमा लगेर गर्भपतन गराई असार २२ गते राती १२ वजेको समयमा  आफुलाई भेडुवा देखि तल  समिक्षाको मामा  घर नजिक जंगलमा लगेर छाडेरे देखि उनि फोन स्वीचअफ गरेर सम्पर्क विहिन भएको उनको आरोप छ ।  

असार २० गते  समिक्षाले विवसको गर्भधारण गरेको परिवारलाई जानकारी दिए पछि परिवारले विवसलाई बोलाएर विवाह  गरेर लैजान भनेको उनकी आमाले बताईन । आमाले भेडुवाको  नवज्योति आमा समुहलाई पनि जुटाईन ।

आफ्नो गर्भ स्वीकार गरी लगेको हो

समुहकी अध्यक्ष विन्दु कार्की भन्छिन–‘ उनले गर्भ रहेको सुनाए पछि विवसलाई हामीले झिकायौं । उनले  समिक्षालाई  घरमा भित्राउन मेरो वुवाले दिनु हुन्न , मैले वुटलमा रहेका मामाको घरमा लगेर राख्छु भन्दै यहाँबाट असार २० गते हिडालेका हुन । पछि गर्भपतन गराएर अलपत्र पारेको थाह पाउँदा हामी स्तव्ध भएका छौं ।

यसरी एउटी युवतीलाई माया जालमा फँसाएर अलपत्र पार्ने उनलाई प्रहरी प्रशासनले खोजेर यी दुईलाई जुटाई दिन हामीले माग गरेका छौं ।’ समुहकी सचिव गायत्री केसीले पनि त्यसरी हामी संग स्वीकार गरी हिडेलेका उनले यसरी अलपत्र पार्न नहुने बताईन ।

 उनले भनिन–‘ समिक्षाका वावुको सानैमा मृत्यु भएको थियो । एक मात्र सन्तान समिक्षालाई आमाले चिया पसल राखेर हुर्काएकी थिईन । कक्षा १२ पढ्ने उनि एकदमै अनुशासित र प्रतिभाशाली युवती थिईन ।’

त्यस्ती युवती संग  माया प्रेम गरेर गर्भधारण गराएको बताए पछि उनलाई बोलाईएको हो र उनले विवाह गर्छु भनि लगेका हुन । अहिले यसरी उनलाई अलपत्र पार्न  खोजियो  र  त्यसैले हजुर ( यस  समाचारदाता ं) लाई बोलाएका हौं । ’त्यस वडा सदस्य अञ्जना परियारले पनि आमा समुहका सामु विवसले समिक्षाको  गर्भ आफ्नो भएको स्वीकार गर्दै वुटवल लगेको बताईन ।  छत्रकोट गाउँपालिकाकी उप प्रमुख तथा न्यायिक समितिकी अध्यक्ष नर्मदा भण्डारीले पनि उनिहरु विच गत वैशाख देखि प्रेम सम्वन्ध रहेको र असार २२ गते गर्भपतन गराई विवस फरार रहेको आफुले जानकारी पाएको बताईन ।

उनले भनिन–‘  हाम्रो न्यायिक समितिले पनि विवसलाई खोजेर उनिहरुको मिलन गराउन पहल गर्ने छौं र प्रहरी प्रशासनले पनि उनलाई यथासिघ्र खोजोस् , हामी यहि माग गर्दछौं ।’

उच्च रक्त श्रावले थला  परेकी समिक्षाले उनिहरु विचको माया प्रेमको प्रशंग उच्चारण गर्नु पर्दा गला अवरुद्ध पार्छिन । भन्छिन–‘ मलाई त मेरो विवसले धोका देलान भन्ने कल्पना सम्म गर्न सक्दिँन ।

‘किनेर राखेका वेहुलीको पहिरन साँछी छ ’

उसलाई अरु कसैले गायव बनाएका हुन ।  वुटवल गयौं । उनले विवाहका लागि मलाई कपडा किनी दिए । चुरा पोते सवै किनेर विवाहको अन्तिम तयारी भई रहेको थियो ।  चुरा पोते त्यसै होटलको कोठामा विर्सेर आए छु ।  विवसले किनेका कपडाहरु म संगै छ ।

तिनै कपडाहरु विवसको मेरो अनमोल चिनो ठान्छु ।  र, हाम्रो प्रेमको साँछी मान्छु  । म उ वाहेक अरु संग मेरो जिवनको कल्पना सम् मगर्न सक्दिँन । उसले  पनि मलाई अति माया दिन्थ्यो र मैले पनि मेरो  प्राण भन्दा प्यारो ठान्छु उसलाई । मेरो फोन र फेशबुक उसको अधिनमा थियो । हरपल म उसैको अधिनमा रहनु पर्दथ्यो ।

उसको विश्वासमा गर्भपतन गराउन बाध्य भएँ

असार २० गते वुटलव पुगेर दुई दिन सम्म होटलमा बस्यौं । त्यही क्रममा उनले मलाई  अहिले गर्भपतन गराउँ भनेर फकाए  । मैले मानिन । धेरै कर गरेपछि उनको विश्वासमा मैले वुटवलको एक मेडिकलमा गर्भपतन गराएकी थिएँ ।

गर्भपतन गराउने डाक्टरले समेत यदि विवसले धोका दिए म कहाँ आउनु होला भनेर ढुक्क पारेका थिए । उनले प्रेम सम्वन्धको गाँठो  फुकाउँदै भनिन–‘ वरपरको छिमेकी भएकोले हाम्रो देख भेट पहिलै देखि हुन्थ्यो । तर हामी गएको बैशाख देखि प्रेम सम्वन्धमा बाँधिएका थियौं ।’

गुल्मी महोत्सवमा पहिलो पटक हामी विच शाररिक सम्वन्ध भएको थियो । चौथो पटक चैत्र महिनामा यसै वजारकी  मेरी साथीको घरमा हामी विच शाररिक सम्पर्क भएको हो ।

त्यसै वेलाको गर्भ रहन पुगेछ । नाम नवताउने सर्तमा उनकी साथीले पनि  विवसले फोन गरेर हाम्रो घरमा बस्न बोलाएको बताईन । उनले भनिन–‘मैले हाम्रो घरमा विवस आएको र समिक्षा पनि आएर बसेको देखेकी हुँ भित्र के गरे , थाह भएन ।

विवसलाई वावुको डर बढि

मैले विवसलाई जानकारी दिएँ ।  उनले घर भित्राउन वुवाले दिनु हुन्न भन्दै थियो । मैले त्यसो भए  जहाँ लगेर भए पनि राख्न भनें ।  असार २३ गते देखि पलपल उसैको खोजी र यादमा छु तर उनका दुवै फोन नम्वर स्वचअफ छन ।  म के गरुँ ? मेरो विवसलाई छिटो खोजी दिनुस मलाई बाँच्न गाह्रो भयो ।

उनले फेरी जोडले भक्कानो छाड्दै भनिन–‘ हे मेरो विवस... तिमी छिटो आउ... म त तिम्रै यादमा मरीरहेकी छु... आउन... कहाँ छौं तिमी ...

उनको त्यो चित्कारले त्यहाँ रहेका सारा महिलाको गह भरियो । यसै समाचारदाताको  पनि आँखा रसायो । तर खै उनका विवस वास्तविक जिवनमा अहिले उनि बाट सम्पर्क विहिन हुन कसरी विवस भए ?

उनको फोन नलागे पछि हामीले उनका वावुलाई फोन सम्पर्क राख्दा छोरा सम्पर्कमा नभएको र उसले स्वीकार गरेको आफुलाई थाह नभएकको भन्दै  प्रतिकृया दिन अस्वीकार गरे ।

 ‘युवतीको रगत माथी राजनीति’

त्यहाँको आमा समुहले श्रृंगा  प्रहरी चौकीमा असार २७ गते विवसलाई खोज तलासका लागि उजुरी दिएको थियो । अर्को दिन त्यहाँको  प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पठायो । उनिहरु त्यहाँ आएर उजुरी दर्ता नगरेको  आमा समुहकी पुर्व अध्यक्ष मिना टण्डनले दुखेसो गरिन ।

स्थानियवासीले राजनैतिक दवावमा प्रहरीले मुद्धा दर्ता गर्न आनकानी गरेको आरोप लगाएका छन ।  ठुलो संख्यामा  जुटेका स्थानिय भने–‘ विवसका पिता  कुनै एक राजनैतिक दलको स्थानिय जल्दा बल्दा कार्यकर्ता हुन ।  उनको केन्द्र सम्म ठुलो पहुँच छ ।  यसर्थ पनि प्रहरीलाई केन्द्र सम्मको  दवाव परेको हुन सक्छ ।

सञ्चार माध्यमबाट दवाव नपरे सम्म यसरी रगतको पोखरीमा डुवेकी समिक्षाको उद्धार हुन मुस्कीले हुने देखिन्छ ।  उनिहरुले थपे  यसरी वावु नभएकी र कुनै राजनैतिक दलमा पहुँच नराख्ने युवतीको रगतको पोखरीमा कसैले राजनीति नगरौं । ’

ढुक्क हुनुहोस दवावमा परिन्न ः प्रहरी

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काको ध्यानकृष्ट गराउँदा  उनले आफुहरु पिडित युवती कै पक्षमा रहेको र कुनै खालको दवाव कसैबाट नभाएको बताए ।

उनले भने–‘ केटा खोज्न सजिलो होस भनेर मैले एक दिनका लागि रोकेकै हुँ तर अव मुद्धा दर्ता हुन्छ । आरोपितलाई खोजेर उनिहरुलाई मिलाउन प्रहरी अवश्य जुट्छ , ढुक्क हुनुहोस् ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!