धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

Posted on: 17 Jul, 2018

साउन १, धरान । ग्रान्डी अस्पतालमा उपचाररत धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको निधन भएको छ ।  निमोनियाबाट ग्रसित बनेका सुब्बाको उपचारको क्रममा अस्पतालमा  मंगलबार दिउँसो निधन भएको हो ।

५२ वर्षिय सुब्बा मृगौलाको समस्याबाट समेत पीडित थिए । उनको दुवै मृगौला फेलियर भएपछि प्रत्यारोपण गरिएको थियो ।


सुब्बा दुई सातादेखि उपचाररत थिए । उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो । धरान १७ निवासी सुब्बाका श्रीमती र छोरा छन् । उनी तत्कालिन नेकपा एमालेको तर्फबाट मेयरमा विजयी भएका थिए ।

को हुन् तारा सुब्बा ?

विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका सुब्बा युवा आन्दोलनको नेतृत्व गर्दै अघि बढेका थिए । जनप्रतिनिधिका रुपमा लामो समय काम गरेका उनी तेह्रथुमको खाम्लालुङमा २०२३ साल माघ १८ गते जन्मिएका थिए ।

उनले २०३७ सालमा धरानको शिक्षा निकेतन हाइस्कुलमा भर्ना भएपछि अनेरास्ववियु पाँचौबाट राजनीतिक जीवन सुरु गरे । २०४६ को जनआन्दोलनमा धरानको भानुचोकबाट पक्राउ परी केही दिन प्रहरी हिरासतमा समेत परेका थिए ।

२०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ) सुनसरीको स्थापना गरी दुई कार्यकालसम्म उनले जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।

२०५४ को स्थानीय निर्वाचनमा धरान-१७ बाट वडा सदस्यमा निर्वाचित भई उनले जिल्ला विकास समितिमा इलाका नं. २ को सदस्य रहे । यस्तै, एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको अध्यक्ष समेत उनै हुन् । मेयर ५१ वर्षीय सुब्बा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हुन् ।

पार्टीको नगर कमिटि सदस्य उपसचिव, कार्यवाहक सचिव र सचिव हुँदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि पनि सुब्बा तेस्रो पटक अध्यक्षको जिम्मेवारीमा थिए । यसअघि उनी २०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्यमा चुनिँदै जिल्ला विकास समिति सुनसरीमा इलाका नम्बर २ बाट जिविस सदस्य पनि भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!