दाङमा रुखमा झुण्डिएको अवस्थामा दुई पुरुषको शव फेला

Posted on: 18 Jul, 2018

साउन २, दाङ । दाङमा दुई जना पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । फेला परेका दुवै पुरुषले झुण्डिएर आत्महत्या गरेका हुन् |

आत्महत्या गर्नेमा बबाई गाउँपालिका वडा नम्बर ४ का ५४ वर्षका छिविलाल विक र तुलसीपुर उपमहानगरापलिका ५ निवासी ४५ बर्षका पदम गुरुङ रहेका छन् |

विकले बुधबार सल्लीकोट बनमा आत्महत्या गरेका हुन् । च्याउ खोज्न गएका स्थानीय महिलाले वनमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

विकले के कारणले आत्महत्या गरेका हुन त्यो भने खुलेको छैन । अहिले हंशपुर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

यसैगरी, राती घरबाट निस्केका गुरुङ्ग अबेर रातिसम्म नआएपछि खोज्ने क्रममा नजिकै रहेको ज्ञानज्योति प्राथामिक विद्यालयको प्राङ्गनमा रहेको बुकाईनाको रुखमा झुण्डिएको अवस्थामा मंगलबार बिहान २ बजे फेला परेको प्रहरीले जनाएको छ । गुरुङको शव पोष्टमार्टमका लागि राप्ती अन्चल अस्पतालमा राखीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!