गोरखामा पहिरोले घर भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

Posted on: 18 Jul, 2018

साउन २, गोरखा | गोरखामा पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।  जिल्लाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्काउदा तिन जनाको मृत्यु भएको हो |

अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले  भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रातीदेखि परेको अबिरल बर्षाका कारण पहिरो खसेर पुरीदाँ उनिको मुत्यु भएको हो । पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएको  स्थानीयले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!