दोलखाको जिलुमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

Posted on: 18 Jul, 2018

ताराबहादुर महत । श्रावण २, दोलखा । दोलखाको जीलुमा बुधवार विहान बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा सवारी धनी तथा चालक भिमेश्वर नगरपालिका-४ जिलुका ५५ बर्षिय चेतप्रसाद सापकोटा रहेको दोलखा प्रहरीले जनाएको छ। विहान करीब ६ बजे भिमेश्वर नगरपालिका वडा नं. ४ जिलुबाट चरिकोट तर्फ आउँदै गरेको बा १६ च २९५८ नम्बरको बोलेरो जिलुमा ब्रेक फेल भई सडकबाट करीब १५ मिटर तल खस्दा गम्भिर घाईते भएका सापकोटाको दोलखा सामूदायिक अस्पताल चरिकोटमा उपचारका क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो ।  

पेटमा चोट रहेको र बोल्न नसक्ने अवस्थामा रहेका गम्भीर घाईते सापकोटालाई थप उपचारका लागि काठमाण्डौ पठाउने तयारी गरिएको भए पनि खराब मौसमका कारण हेलिकप्टर आउन नसक्दा सापकोटाको मृत्यु भएको आफन्तहरुले बताएका छन् । उक्त बलेरोमा चालक सहित ६ जना सवार रहेकोमा सापकोटाकी  श्रीमतिसहित पाँचजना सकुसल रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!