बुटवल लागुऔषध कारोवारको केन्द्र बन्दै

Posted on: 18 Jul, 2018

साउन २, बुटवल | बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बन्दै गएको छ । 

इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हुँदै गएको देखाएको छ । 

भारतसँग जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागुऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताउनुभयो । 

उहाँले त्यसको लागि जनचेतानमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार तीन वर्षको अवधिमा लागुऔषध कारोवार दोब्बर वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७२÷७३ मा लागुऔषध कारोवारको मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७३÷७४ मा ७४ वटा र आर्थिक वर्ष २०७४÷७५ मा ८४ वटा लागुऔषध कारोवारको मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!