महोत्तरीमा प्रहरी र गाँजा तस्करबीच भिडन्त

Posted on: 18 Jul, 2018

साउन २, गौशाला | महोत्तरीको एकडारा गाउँपालिका–३ अजमरपट्टिमा गएराति प्रहरी र गाँजा तस्करबीच भिडन्त भएको छ । 

भिडन्तमा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । 

गएराति मध्यरातमा एकडारा–३ का २० जना तस्करले पोका बनाएर लागु औषध गाँजा नेपालबाट भारत तस्करी गर्न लागेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीसंग तस्करको भिडन्त भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । 

भिडन्तपछि तस्करहरूले केही गाँजाको पोका छोडेर भागेको थियो । तस्करहरू भागेपछि प्रहरीले उक्त स्थानबाट पाँचवटा पोकामा राखिएको ३३ किलो लागु औषध गाँजा नियन्त्रणमा लिएको जनाइएको छ । 

भिडन्तमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!